गैरे समाज जापानद्वारा धुर्मुस–सुन्तलीलाई आर्थिक सहयोग प्रदान

भरतपुर । गैरे सेवा समाज जापानले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजका चितवन अध्यक्ष प्रेमकुमार गैरेको नेतृत्वमा शनिबार चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख दुई हजार पाँच सय रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

आर्थिक सहयोग प्रदानका लागि जापान समाजका कोषाध्यक्ष चेतराम गैरे, सचिव गोविन्द गैरे, सहकोषाध्यक्ष लक्ष्मण गैरे, संरक्षक साधुराम गैरे, सल्लाहकार कुलबहादुर गैरेलगायतको उपस्थिति रहेको मुस्कान गैरेले जानकारी दिए ।

जापानमा रहेका गैरे बन्धुहरूले समाजको तर्फबाट आर्थिक रकम संकलन गरेर क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई उपलब्ध गराइएको कोषाध्यक्ष चेतराम गैरेले जानकारी दिएका छन् ।

जापानमा रहेका गैरे समाजका सदस्यहरूले रकम संकलन गरेर नेपाल पठाएका थिए ।

Published : Sunday, 2020 March 15, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया