देउवा–पौडेलले ओढाए चारतारे झण्डा, नेताहरूले दिए श्रद्धाञ्जलि
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
शेर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा, डा.मीनेन्द्र रिजाल लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
सिटौलाले शेर्माको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भन्दै समय क्रममा झन् अभाव खड्किने बताएका छन् ।
सानेपामा बसेको नेपाली कांग्रेसको आकस्मिक बैठकले शोक प्रस्तावसमेत पारित गरेको छ । शेर्माको उपचारको क्रममा बुधबार ललितपुरको एक अस्पतालमा निधन भएको थियो ।
पाँचथरमा जन्मिएका शेर्मा नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापतिसमेत भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया