तत्कालीन चुरेभावर पार्टीका निरौलाले कांग्रेस नेताहरूलाई चक्मा दिए

काठमाडौं । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका प्रवक्ता केपी निरौला (प्रकाश)ले कांग्रेस नेताहरूसँग भेट गरेका छन् ।

निरौलाले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन् । आफू कांग्रेस भएको बताउँदै निरौलाले कांग्रेस नेताहरूलाई चक्मा दिएर भेट गरेका हुन् ।

तत्कालीन चुरेभावर पार्टीका प्रवक्ता निरौला पछिल्लो समय स–परिवार क्यानडामा बसोबास गर्दै आएका छन् । विदा मनाउन काठमाडौं आएका बेला निरौलाले देउवा र पौडेललाई भेट गरेर कांग्रेसमा प्रवेश गर्ने इच्छा देखाएका हुन् ।

हुन त निरौलाले क्यानडामा आफूलाई नेपाली कांग्रेस भनेर बताउने गरेका छन् । त्यति मात्रै होइन उनले क्यानडामा रहेको नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति र जीपी फाउण्डेसन आबद्धता जनाएका पनि छन् ।

निरौलाले ती दुबै संस्थाविरुद्ध आफूलाई सक्रिय बनाउँदै आएका छन् । कांग्रेसकै संस्थाविरुद्ध लागेका निरौलाले नेपाल आएका बेला कांग्रेसका शीर्ष नेताहरूलाई भेटेर चक्मा दिएका हुन् ।

उनले केही समय अगाडि जीपी फाउण्डेसन र जनसम्पर्क समितिलाई फुटाएर अर्को लोकतान्त्रिक समिति बनाउने बताएका थिए ।

Published : Saturday, 2020 March 14, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया