मगर विद्यार्थी संघले बुटवलमा मनायो स्थापना दिवस
काठमाडौं । नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ कार्यसमितिले आफ्नो २५औं स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
रजत जयन्तीको अवसरमा फागुन २७ गते संघको प्रदेश ५ कार्यसमितिले दीप प्रज्वलन गरेको हो ।
बुटवलकोे राजमार्ग चौराहमा दीप प्रज्लन गरेको संघले जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष प्रदीप घर्ती मगरको नेतृत्वमा भएको थियो । गुल्मी जिल्लाका कार्यबाहक अध्यक्ष कमल काउचा मगरले कार्यक्रम संचालन गरेका थिए ।
संघका केन्द्रीय अध्यक्ष विष्णु थापाले जनताको स्वतन्त्रता र सार्वभौमसत्ताका लागि लड्दै आएको बताए । उनले आफ्नो समुदायको हकहितका लागि संघर्ष गरिरहने बताए ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विष्णु थापा मगर, केन्द्रीय सचिव दीपु मगर, केन्द्रीय सदस्य मनीष फाल मगर, सरु थापा मगर, गिरी बैजाली मगर, पूर्व केन्द्रीय सदस्य ईन्द्र सारु मगर, प्रदेश ५ का उपाध्यक्ष कमल थापा मगरको उपस्थिति रहेको थियो ।
जिल्ला कार्य समिति रुपन्देहीका सदस्यहरू रमेश सारु मगर, राजेश सिंजाली मगर, बुटवल क्याम्पस अध्यक्ष रशमी पेमी मगर, लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष टेकराज रानालगायतका विद्यार्थी नेताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया