पोखरामा कम्युनिस्टहरूले देखाए औकात, कांग्रेसले नङ्ग्याइदियो
पोखरा । कास्की जिल्लाको कास्कीकोटका नेपाली कांग्रेस कार्यकर्ताले आफूहरू सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेको भनेर कम्युनिस्टहरूले गलत प्रचार गरको भन्दै आपत्ति जनाएका छन् ।
१५ जना कांग्रेस कार्यकर्ताले बिहीबार सामूहिक विज्ञप्ति जारी गरी कांग्रेस छाडेको भनि आफूहरूमाथि चोट पु¥याएको उल्लेख गर्दै आफूहरू कांग्रेसकै कार्यकर्ता भएको स्पष्ट पारेका हुन् ।
नेकपाका नेताले भाषण जसको पनि सुन्न हुन्छ भनेपछि कार्यक्रममा सहभागी बनेकोमा एकाएक नाम बोलाएर माला लगाइदिएर कम्युनिष्ट बनेको भन्दै प्रचार गरिएकोप्रति उनीहरूले दुःख व्यक्त गरेका छन् ।
‘नेकपासँग हाम्रो कुनै सम्बन्ध छैन’, विज्ञप्तिमा भनिएको छ, ‘गलत प्रचार नगर्न आग्रह गर्दछौं ।’
यसरी विज्ञप्ति जारी गर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २४ का बाँस्कोटाका बमबहादुर कार्की, सुनिता थापा, विमल खत्री, शिव थापा, लक्ष्यबहादुर कार्की, शर्मिला कार्की, सुष्मा बिक, पुष्पा कार्की, टेकबहादुर खत्री, धनमाया खत्री, शान्ति गौतम, हीरा खत्री, कृष्णा कार्की, भक्तबहादुर कार्की र विकास सुवेदी छन् ।
नेपाली कांग्रेस कास्कीकोट चालिसे डाडाँखेत बास्कोट टोल कार्यसमितिले बिहीबार आयोजना गरेको भेलामा उनीहरूले आफूहरूले कम्युनिष्ट बन्न कार्यक्रममा सहभागी नभएको स्पष्ट पारेको कांग्रेस जिल्ला सदस्य भरतबहादुर अधिकारीले जानकारी दिए ।
भेला टोल कार्यसमितिका सभापति भरतविक्रम शाहीको अध्यक्षतामा भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया