कांग्रेस सांसद डा.संग्रौलाले कम्युनिस्ट मन्त्रीको ‘सातो’ लिइन्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला पन्त संग्रौलाले कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९)को शंका देखिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने भनेर दिएको अभिव्यक्तिप्रति आक्रोश पोखेकी छिन् ।

संसदको बिहीबार बसेको बैठकमा सांसद डा.संग्रौलाले भनिन्, ‘क्वारेन्टाइनमा जनता आफैं बस्नुपर्ने, आइसोलेसनमा आफैं बस्नुपर्ने भनेर सरकारले राख्न सक्दैन भनेर स्वास्थ्यमन्त्रीलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन ।’

उनले कोभिड–१९ को त्रासले औषधि, ग्यास, माक्स, सेनीटाइजरको अभाव भएको बताइन् । डा.संग्रौलाले कोभिड–१९ विरुद्ध कसरी लड्ने ? त्यसतर्फ सरकारले जनतालाई आश्वस्थ पार्नुपर्ने बताइन् ।

उनले सिंहदरबारको कुर्सीमा बसेर राप र तापमा रमाउनेहरूले जनतालाई विकास र समृद्धि दिन नसकेको पनि बताइन् ।

भ्रष्टाचार गर्नेहरूलाई सरकारले कारवाही गर्न नसक्नु मुलुकको विडम्बना भएको डा.संग्रौलाको भनाइ छ ।

सांसद डा.संग्रौलाले पूर्वाधार विकासको नाममा सरकारले कर बढाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

कर बढाउँदा जनता मारमा परेको बताउँदै डा.संग्रौलाले धनीको लागि पोषण, शोषण भएको बताइन् ।

काठमाडौंमा खाने पानीको अभाव सधैं हुने गरेको बताउँदै मल्लकालीन, लिच्छवीकालीन समयमा निर्मित धाराहरूको संरक्षण गर्नुपर्ने पनि बताइन् ।

Published : Thursday, 2020 March 12, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया