डीएसपीहरूको काज सरुवा

काठमाडौं । प्रहरी हेडक्वाटरले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सुरुवा गरेको छ ।

काज सरुवा हुनेमा रौतहटका डीएसपी नवीन कार्कीको महानगरीय प्रहरी वृत्त बौद्धमा सरुवा भएको छ ।

बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई हटाइएको छ । सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

डीएसपी भरत श्रेष्ठलाई रौतहटमा काज सरुवा गरिएको छ ।

सर्लाहीमा कार्यरत डीएसपी प्रतीकसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

काठमाडौंको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौरलाई पनि हटाउन लागिएको स्रोतले जनाएको छ ।

गुण्डा र अबैध कृयाकलापमा संलग्नहरूसँग साँठगाँठ भएको आरोप खेप्दै आएका सिंहलाई हटाउने तयारी भएको हो ।

Published : Tuesday, 2020 March 10, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया