सभापति देउवा र भारतीय राजदूत क्वात्रावीच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्राले शुक्रबार सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेट गरेका हुन् । देउवासँग शिष्टाचार भेट भएको जनाइएको छ ।

बिहीबारदेखि कार्यभार सम्हालेका राजदूत क्वात्राले नेपाल–भारतवीचको सम्बन्धका विषयमा सभापति देउवासँग कुराकानी गरेका थिए ।

यसअघि राजदूत क्वात्राले शुक्रबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

Published : Friday, 2020 March 6, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया