एनआरएनए नेतृत्वको सम्मानको लोभले नेपालीहरू कोरोनाको जोखिममा

लण्डन । कोरोना भाइरसबिरुद्ध विश्व आक्रान्त छ । बेलायती सम्बन्धित निकायहरूले सर्वसाधारणको हेक्का राख्दै भिडभाडमा नहिँड्न, भरसक अनावस्यक सार्वजनिक स्थलहरूमा ननिस्किन अनुरोध गरेका छन् ।

कसैले सर्वसाधारणको जीवन जोखिममा पार्ने क्रियाकलाप गरे कडा कानूनी कारबाही हुनेसम्मका योजना सार्वजनिक भएका छन् ।

तर गाउँ, देश छोडेर प्रवासमा कर्म र दुःख गर्ने नेपालीहरूको जीवनको रक्षा गर्न दायित्व निभाउनु पर्ने संस्था गैर आवासीय नेपाली संघले गैरजिम्मेवारीपूर्ण भूमिका खेल्दै कुनै अत्यावस्यक कार्यक्रम नभएर सम्मान थाप्ने कर्यक्रम जबर्जस्ती थोपरेर बेलायती नेपालीहरूको जीवन जोखिममा पार्न लागेको छ ।

एनआरएन युके कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्ष समेतले थाहा नपाइ आर्थिक संकलन गरेर गर्न लागिएको कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्षकुमार पन्त जर्मनीबाट उड़ेर र महासचिव डाक्टर जस्तो जिम्मेवार व्यक्ति हेमराज शर्मा नै जिम्मेवारी चटक्क बिर्सिएर टीका लगाएर मनोनीत गरिएका एकजना व्यक्तिको लहडमा सम्मान थाप्न उत्रेका छन् ।

एनआरएन नेतृत्वले नेपाल सरकारले चालेको कदम जति पनि बुद्धि पु¥याउन नसकेको, एनआरएन युकेलाई कार्यक्रम सार्न र रोक्न भन्न हिम्मत पनि नभएको भनि पन्त र शर्माको आलोचना भएको छ ।

अहिलेको परिस्थितिमा नेपाल सरकारले, पार्टीहरूले सभा सम्मेलन रोकेका छन् । अमेरिकाको एनआरएनले महिला दिवसको कार्यक्रम स्थगन गरेर सूझबुझ देखाएको छ । तर युके र केन्द्र भने एकजना व्यक्तिको लहडमा सती गएको भनि उपाध्यक्षहरू र संघका आधाभन्दा धेरै संस्थापक सदस्यहरूले बहिष्कार गरेको खबर छ ।

यसै बीच ६० वर्ष उमेर माथिका व्यक्तिहरूलाई कोरोनाको उच्च जोखिम रहेको र कोही नेपालीको ज्यान तलमाथि भए संघले जिम्मालिनुपर्ने भनि पत्रकार मन्दीप केसीले फेसबुकमा लेखेका छन् ।

लहडमा लाग्नुभन्दा बिहीबार बेलुकी हुने खादा र सम्मान कार्यक्रम रद्द गरे संघ र पन्तको इज्जत बच्ने बुद्धिजीवीहरूको राय छ ।

Published : Thursday, 2020 March 5, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया