जनताको पक्षमा कांग्रेसको शानदार निर्णय, खुसी भए देशभरिका कार्यकर्ता
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरू स्थगित गरेको छ ।
ललितपुरको सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता वितरण तथा नवीकरण लगायतका १४औं महाधिवेशनको तयारीका कामहरू भने जारी रहने जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ ।
प्रवक्ता शर्माले कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने आग्रह गरेका छन् ।
पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी शर्माले दिएका छन् ।
कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइने समेत कांग्रेसले बताएको छ ।
पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरू (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरूमार्फत जारी रहनेछ ।
विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा सबै प्रयासहरू जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने प्रवक्ता शर्माले बताएका छन् ।
‘सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं’, उनले भने, ‘अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली कांग्रेसको सम्पूर्ण साथ रहनेछ ।’
‘सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरूमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई पुनः अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिएको छ’, कांग्रेसले भनेको छ ।
‘कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरूमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रुपले सूचित गर्दछौं’, शर्माले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया