घोराहीको जग्गा नेकपाका कार्यकर्तालाई नदिन कांग्रेसको माग
काठमडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुने गरी दिन गरिएको निर्णय खारेज गर्न सरकारसँग माग गरेकी छिन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागेको भन्दै खारेज गर्न माग गरिन् ।
उनले सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा जग्गा नेकपाका केही व्यक्तिको फाइदाका लागि बाँड्न लागेको भन्दै आपत्ति जनाइन् ।
उनले भविष्यमा आइपर्ने समस्याका बारेमा बेलैमा सचेत हुन आग्रह गरेकी छिन् ।
Published : Wednesday, 2020 March 4, 7:02 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया