कांग्रेसद्वारा जेष्ठ राजनीतिज्ञ सभा गठन (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन् ।

पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम देउवाले पार्टीका अगुवा राजनीतिककर्मीहरूलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका हुन् ।

कांग्रेसद्वारा सोमबार जारी विज्ञप्तिअनुसार ढुण्डीराज शास्त्री (अर्घाखाची), सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्णानन्द शर्मा (झापा), तेजमान तुम्वाहाम्फे (तेह्रथुम), छविकुमार शर्मा (दाङ्ग), देवीध्वज बस्नेत (सोलुखुम्वु), डिल्लीप्रसाद सिटौला (झापा), हरिशंकर मिश्र (महोत्तरी), राजेन्द्र खरेल (काभ्रे) र खेमराज पौडेल (कास्की)लाई मनोनीत गरेका छन् ।

सभापति देउवाले वावुराम पुरी (चितवन), सूर्यप्रसाद रेग्मी (स्याङ्जा), देवेन्द्रप्रसाद उपाध्याय (चितवन), भरतप्रसाद उप्रेती (धादिङ्ग), तोपमान गुरुङ्ग (चितवन), रामचन्द्र सिंह (महोत्तरी), कृष्णबहादुर जोशी (पर्वत), चन्द्रप्रसाद न्यौपाने (गोरखा), लाल हमाल (जुम्ला), तारापति सुवेदी (स्याङ्जा), लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)लाई मनोनीत गरेका छन् ।

देउवाले तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग), सूर्यदत्त जोशी (रुपन्देही), भगवती सिंह (रुपन्देही), केदार ढकाल (झापा–मेचीनगर), अन्तराम भट्ट (कञ्चनपुर), मदन चन्द (कञ्चनपुर), केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु), प्रमेश न्यौपाने (झापा), अजितनारायण सिंह थापा (धनकुटा)मा मनोनीत गरेका छन् ।

Published : Monday, 2020 March 2, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया