यस्तो छ पुष्पकमल दाहालले जुत्ता भेट्नुको संयोग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार गर्ने युवा जुम्ला जिल्लाको सिँजा, घोडेङ्गाका रतन तिरुवा रहेका छन् ।

तिरुवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहाललाई तिरुवाले जुत्ता प्रहार गरेका थिए । त्यसपछि उनलाई सुरक्षाकर्मीहरूले कुटपिट गर्दै बाहिर निकालेका थिए ।

०५६ सालमा उनका बुबा मनबहादु तिरुवाको सशस्त्र द्वन्द्वमा मृत्यु हो । त्यसको केही वर्षपछि आमाले अर्कैसँग बिहे गरिन् । मनबहादुर तिरुवा दम्पतीका रतन एक्लो छोरा हुन् ।

माओवादीको कथित जनयुद्ध र पारिवारिक समस्याले गर्दा रतनले दाहाललाई जुत्ता प्रहार गरेको हुन सक्ने अनुमान धेरै छ ।

उनको परिवारले राज्यबाट सुविधासमेत लिएको छ । रतनले त्यही रकमबाट गुजारा गर्नुका साथै अमिन पढेका छन् ।

पारिवारिक अवस्था निकै कमजोर रहेको र खान–बस्न रतन तिरुवालाई समस्या रहेको छ ।

हुन त रतन तिरुवा पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव निकट रहेको आरोप पनि छ ।

उनका काका चन्द्रवीर तिरुवा ‘रविकिरण’ उक्त समूहका जुम्ला जिल्ला इन्चार्ज छन् ।

नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवर भने रतनको सशस्त्र द्वन्द्वसँग कुनै साइनो नभएको दाबी गरेका छन् ।

संयोग नै मान्नुपर्छ अध्यक्ष दाहाललाई केही वर्ष अगाडि प्रदर्शनी मार्गमा नै आफ्नै कार्यकर्ताले गालामा झापड हानेका थिए ।

प्रदर्शनीमार्गको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा दाहालले पदम नामक कार्यकर्ताबाट झापड भेटेका थिए ।

आइतबार सोही प्रदर्शनीमार्गको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा आफ्नै कार्यकर्ताले दाहाललाई झापड दिएका छन् ।

Published : Monday, 2020 March 2, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया