काठमाडौं आइपुगे भारतीय राजदूत डा.क्वात्रा

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत डा.विनयमोहन क्वात्रा काठमाडौं आएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका राजदूत डा.क्वात्रालाई भारतीय राजदूतावासका कर्मचारीहरूले स्वागत गरेका छन् ।

नेपाल र चीनका विषयमा राम्रो जानकारी राख्ने डा.क्वात्राले नेपाल–भारतवीचको सम्बन्ध सुधारमा काम गर्नेछन् ।

डा.क्वात्राले आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपति समक्ष पेश गरेपछि राजदूतको कार्यभार सम्हाल्नेछन् ।

यसअघि नेपालका लागि भारतीय राजदूतमा मञ्जीभसिंह पुरी रहेका थिए । अनिर्वाय अवकास पाएर पुरी घर फर्किएपछि डा.क्वात्रालाई भारत सरकारले पठाएको हो ।

नेपाल र भारतवीच सम्बन्ध सुधार गर्नु नै डा.क्वात्राको पहिलो प्राथमिकता रहनेछ ।

नेपालमा कम्युनिस्टहरूको दव्दवा रहेका बेला डा.क्वात्रालाई दुई मुलुकवीचको सम्बन्धलाई सुधार गर्न ठूलो चनौती रहेको छ ।

Published : Sunday, 2020 March 1, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया