ओली सरकारको आलोचना भइरहेका बेला म्याग्दीमा नेविसंघद्वारा प्रदर्शन

बेनी । नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले भ्रष्टाचार र महँगीविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघ म्याग्दीका नेता तथा कार्यकर्ताहरूले आइतबार बिहान कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले पुस्तकको आयातमा कर बढाएको विरोधमा प्रदर्शन गरेका छन् ।

म्याग्दी क्याम्पसको प्रवेशद्वार, क्याम्पस चोकमा भ्रष्टाचार, महँङ्गी, पुस्तक आयातमा कर बृद्धि, मूल्यबृद्धि, ईन्धनमा बढाएको पूर्वाधार कर बृद्धि लगायतको बिरोधमा नेविसंघले प्रदर्शन गरेको जनाइएको छ ।

नेविसंघ म्याग्दीले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको सुनिश्चितताका लागि र नागरिक अधिकारलाई कुण्ठित गर्ने दुष्प्रयासका बिरुद्ध प्रदर्शन गरिएको नेविसंघका नेताहरूले बताएका छन् ।

सशक्त आवाज बुलन्द गर्न नेपाल विद्यार्थी संघ म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस मूल ईकाइ समितिका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी समेत गरेका छन् ।

Published : Sunday, 2020 March 1, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया