कांग्रेससँग हारेका वामदेवलाई सांसद बनाउने निर्णय
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।
अन्तर्घातका कारण पराजय भोगेको बताउँदै आएका गौतमले त्यसपछि पटक–पटक सांसद बन्न प्रयास गरेका थिए ।
यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए । उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताए ।
केहीदिनअघि नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदल भने आज खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएक छन् ।
राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ । नयाँ निर्वा्चित र राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया