निजामती कर्मचारीलाई बास्कोटाले गाली गरेपछि कांग्रेसद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक कर्मचारीहरूलाई प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय भएको कांग्रेसद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघात प्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया