सर्लाहीमा नेकपाभित्र पहिरो गयो, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

सर्लाही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस सर्लाहीले क्षेत्र नम्बर ४ मा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा झण्डै ५ सय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेसका उपसभापति विमलेन्द्र निधि, रामहरि खतिवडासहितका नेताहरूले पार्टीमा प्रवेश गराएका हुन् ।

नेकपा र मधेस केन्द्रित दलहरू परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित स्थान दिइने उपसभापति निधिले आश्वासन दिएका छन् ।

Published : Saturday, 2020 February 22, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया