सञ्चार मन्त्रीमा कसको सम्भावना ? बस्नेत र आले पुच्छारमा
काठमाडौं । ७० करोड कमिसन काण्डका कारण गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पद गुमाएपछि त्यो पदमा जानका पूर्वएमाले निकटका सांसदहरूवीच तछाडमछाड भएको छ ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । सञ्चार मन्त्रालयमा पूर्वएमालेबाटै मन्त्री नियुक्त गरिने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर सिधै मन्त्री पद नमागेपनि सम्पर्क सूत्रहरूमार्फत केही सांसदहरूले मन्त्रीका लागि लबिङ गरेका हुन् ।
प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यापण गर्नु अगाडि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
सञ्चार मन्त्री बन्ने दौडामा खगराज अधिकारी, प्रेम आले, सोमप्रसाद पाण्डे, राजेन्द्र गौतम, महेश बस्नेत, विशाल भट्टराईलगायतको नाम चर्चामा छ ।
यीमध्ये गौतम अगाडि छन् । नेकपाको प्रेस संगठनका ईञ्चार्ज समेत रहेकाले गौतम मन्त्री बन्ने पहिलो नम्बरमा रहेको स्रोतको भनाइ छ । गौतम प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन् ।
महेश बस्नेतको नाम चर्चामा रहेपनि उनी मन्त्री बन्ने सम्भावना निकै कम छ । एमाले र माओवादीवीच पार्टी एकीकरण हुँदा बस्नेत वामदेव गौतमको कोटाबाट नेकपाको केन्द्रीय सदस्य बनेका थिए ।
बस्नेत भक्तपुरमा अलोप्रिय बन्दै गएको नेकपा भक्तपुरमा चर्चा छ । प्रधानमन्त्री ओली निकट भनिए पनि बस्नेतले भैँसेपाटीमार्फत मन्त्री पद पड्काउने योजनामा लागेको स्रोतको भनाइ छ ।
खोटाङबाट सांसद विशाल भट्टराईपनि मन्त्री बन्ने दौडमा अग्रस्थानमा छन् । प्रेम आले मन्त्री बन्ने सूचीमा पुच्छारमा छन् । सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका आलेले सरकारलाई साथ नदिएको रिपोर्ट बालुवाटारमा पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया