तरुण उपाध्यक्ष र कांग्रेसका शुभेच्छुक केसीद्वारा आर्थिक सहयोग प्रदान
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको पहलमा नेपाली कांग्रेसका शुभेच्छुक विजय केसीले एकजना बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।
भोजपुर जिल्लाको पौवा दुम्मा गाउँपालिका वडा नम्बर १ स्यामशिला निवासी मनिकुमार राईलाई उपाध्यक्ष चापागाइँ र कांग्रेसका शुभेच्छुक केसीले शुक्रबार अस्पतालमै पुगेर आर्थिक सहयोग रु. ५ हजार रुपियाँ प्रदान गरेका हुन् ।
उपाध्यक्ष चापागाइँले रकम सानो भएपनि पीडितको उपचारमा थोरै भएपनि महत्व राख्ने बताए । ‘बिरामी भइ उपचार गराइ रहुनभएका मनिकुमार राईलाई हामीले गरेको आर्थिक सहयोगले धेरै महत्व नराख्न सक्छ’, उनले भने, ‘भोजपुर जिल्लाबासीले यसैगरी स–सानो रकम सहयोग गर्ने हो भने उहाँको उपचारमा ठूलो मद्धत पुग्छ । सहयोगका लागि अपील गर्छु ।’
नेपाली कांग्रेसका शुभेच्छुक एवम् शिक्षाप्रेमी विजय केसीले खुट्टामा गम्भीर समस्या भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका मनिकुमार राईलाई सानो सहयोग गर्न पाउँदा ठूलो सामाजिक दायित्व बहुन गरेको आभास भएको बताए । उनले रकम सानो वा ठूलोभन्दा पनि बिरामीलाई सहयोग गर्नुपर्छ भावनाले आफूले सहयोग गरेको बताए ।
सामाजिक कार्यहरूमा संलग्न हुँदै आएका शिक्षाप्रेमी एवम् युवा व्यवसायी केसीले थुप्रै सामाजिक कार्य गर्दै आएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका मनिकुमार राईका आफन्त गुणराज राईलाई आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।
रुख काट्ने क्रममा रुखले नै च्यापेर खुट्टामा गम्भीर चोट लागेका राईको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राईको खुट्टको शल्यक्रिया पनि भएको छ । राईको खुट्टको केही भाग काटेर फाल्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बिरामी मनिकुमार राईका आफन्तहरूले सम्भव भएसम्म खुट्टा नकाट्न चिकित्सकहरूसँग आग्रह गरेका छन् ।
आर्थिक सहोग प्रदान गर्ने क्रममा तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँ, कांग्रेसका शुभेच्छुक एवम् शिक्षाप्रेमी विजय केसी, भक्तपुर तरुणका जिल्ला सदस्य सञ्जोग थापा, बिरामीका आफन्त गुणराज राईलगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया