नेविसंघले शुक्रबार कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्दै
काठमाडौं । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो एक बजे प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेको नेविसंघले जनाएको छ । नेविसंघका अनुसार दिउँसो एक बजे बाल्मिकी क्याम्पसमा जम्मा हुन आह्वान गरिएको छ ।
कम्युनिस्ट सरकारका मन्त्री गोकुल बास्कोटा ७० करोड कमिशन काण्डमा परेको विरोधमा सडकमा उत्रिएका नेविसंघमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।
हस्तक्षेपमा नेविसंघका अध्यक्षसहितका नेताहरू घाइते भएका थिए । घाइतेहरूको मोडल अस्पतालमा उपचार भएको थियो ।
Published : Friday, 2020 February 21, 12:22 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया