नेविसंघले २८ वर्षभन्दा माथिको नेता उम्मेदवार बनाउँदैनः मनोज वैद्य
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री मनोज वैद्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघले २८ वर्षभन्दा माथिका नेताहरूलाई उम्मेदवार नबनाउने घोषणा गरेका छन् ।
नेविसंघको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै महामन्त्री वैद्यले हिजोका दिनमा जे भएपनि अब त्यस्तो गल्ती नहुने बताए ।
‘हिजो जे भयो त्यो अबका दिनमा दोहोरिन हुँदैन’, उनले भने, ‘२८ वर्षभन्दा माथिका विद्यार्थी नेतालाई निर्वाचनमा उम्मेदवार बन्न पाउने माग राख्यौँ भने नेविसंघलाई निर्वाचन विरोधीको आरोप लाग्नेछ । त्यो आरोप खेप्न हामी चाहँदैनौँ ।’
स्ववियु निर्वाचन नेविसंघलाई चाहिएको भन्दै महामन्त्री वैद्यले भने, ‘हामीलाई निर्वाचन चाहिएको छ । हामी निर्वाचन गराउँछौँ ।’
‘प्रत्येक समस्याको समाधान गर्न गाह्रो छ । मैले पनि तपाईले जस्तै मेरा समस्या राख्दा तर्पाइहरूले जस्तै निकास दिन सक्दैन थिएँ’, उनले भने, ‘तपाईले पनि समाधानको बिकल्प दिनुपर्छ ।’
क्याम्पसभित्रको विवाद समाधान गर्नुपर्ने भन्दै महामन्त्री वैद्यले भने, ‘आरआर क्याम्पसमा दुई वटा ईकाइ छ । यो दुई वटा ईकाइ एउटै नहुँदासम्म हामीले निर्वाचन जित्न सक्दैनौँ । त्रिचन्द्र क्याम्पसमा पनि विवाद छ ।’
‘चिठी लिएका विद्यार्थी नेताहरू क्याम्पसहरूमा पनि छिर्न सकेका छैनन्’, उनले भने, ‘ईकाइ नभएका क्याम्पसहरूमा ईकाइ बनाइ सदस्यता बाँडेर निर्वाचन लड्ने हो ।’
महामन्त्री वैद्यले कसैलाई पनि चिठी नदिन नेविसंघका अध्यक्ष राजीव ढुंगानालाई आग्रह गरे । ‘विवाद समाधान नगरी अध्यक्षले चिठी दिनुभयो भने मैले केन्द्रीय कार्यसमितिबाट राजीनामा पहिला मैले दिनेछु’, उनले भने, ‘विवाद समाधान गरी उम्मेदवार बनाएर चुनाव लडेर जित्ने छौँ ।’
महामन्त्री वैद्यले छ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने बताए । उनले काठमाडौं उपत्यकाभित्रका क्याम्पसमा रहेका विवाद समधान गर्ने पनि बताए । उनले स्ववियु निर्वाचनमा संगठन निर्माण गर्न योगदान गरेका नेताहरूको मूल्यांकन हुने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया