७० करोड घुस माग्ने ‘अरिँगाल’ मन्त्री हटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइ बहुमत नजिक रहेको कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान विज्ञप्ति जारी गरेर मन्त्री बास्कोटालाई हटाउन माग गरेका हुन् ।

‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए’, शर्माले विज्ञप्तिमा भनेका छन्, ‘स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’

Published : Thursday, 2020 February 20, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया