इतिहासकै कमजोर र नालायक ओली सरकारः उत्तम चापागाइँ
काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको दुई वर्षको कार्यकाल सबैभन्दा कमजोर र नालायक भएको बताएका छन् ।
ओलीको दुई वर्षको कार्यकालमा सबैभन्दा धेरै ठूला भ्रष्टाचारहरू भएको भन्दै चापागाइँले नालायक सरकारविरुद्ध जनता सडकमा आउने अवस्था सिर्जना हुन थालेको बताए ।
संसदको शनिबारको बैठकमा ओलीले आफू नेतृत्वको सरकारले दुई वर्षे कार्यकालमा धेरै उपलब्धिहरू भएको दाबी गरिरहेका बेला तरुण दलका उपाध्यक्ष चापागाइँले वर्तमान सरकार चुर्लुम्म भ्रष्टाचारमा डुबेको बताए ।
‘ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि यो दुई वर्षमा सबैभन्दा ठूला भ्रष्टाचारहरू भएको छ’, उनले भने, ‘यतीलाई सरकारी सम्पत्ति दिइएको छ । बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेताहरूलाई उन्मुक्ति दिइएको छ । मेलम्चीमा चरम भ्रष्टाचार छ ।’
देशमा रोजगारी सिर्जना भएको भनेर दिइएको ओलीको अभिव्यक्तिको आलोचना गरेका चापागाइँले भने, ‘हजारौँ युवाहरू रोजगारीका लागि विदेश गइरहेका छन् । आफ्नो दलका लाल झण्डावालाहरूलाई पैसा बाँड्दैमा बेरोजगारी अन्त्य हुँदैन ।’
नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले ओलीले दिएको उपलब्धिहरू सबै झुटको दस्तावेज भएको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया