प्रेस युनियन काठमाडौंको अध्यक्षमा दुलाल विजयी

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा जगन्नाथ दुलाल विजयी भएका छन् ।

काठमाडौंको नयाँबानेश्वरमा मंगलबार भएको निर्वाचन प्रक्रियामा दुलालले २ सय ८५ मतसहित विजयी हासिल गरेका हुन् ।

दुलालका प्रतिद्वन्द्वी महेश गौतम १ सय ९३ मतसहित पराजित भएका छन् ।

दुलाल बाह्रखरी अनलाइनमा कार्यरत छन् । गौतम राजधानी दैनिकमा कार्यरत छन् ।

नेपाल प्रेस युनियन काठमाडौंको अरु सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत भएको छ ।

Published : Tuesday, 2020 February 11, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया