दाङका चट्याङपीडितलाई क्षतिपूर्ति दिइयोस्ः रेखा शर्मा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रेखा शर्माले दाङ जिल्लामा चट्याङबाट दुई जनाले ज्यान गुमाएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
संसदको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले चट्याङबाट हुने जनधनको क्षति न्यूनीकरणमा ध्यान दिन सरकारसँग आग्रह गरिन् ।
उनले चट्याङबाट धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेको भन्दै यो विषयलाई विशेष चासोका रुपमा लिएर अर्थिङमार्फत रोकथामका लागि पहल गर्नुपर्ने बताइन् ।
उनले दाङमा चट्याङ लागेर निधन भएकाहरूलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेकी छिन् ।
तुलसीपुरमा सीता चौधरीको घरमा चट्याङ पर्दा सात वर्षीया सृष्टि चौधरी र लक्ष्मी आचार्यको निधन भएको थियो ।
घोराही उपमहानगरपालिकाको हापुरमा ताराबहादुर पुरीको चट्याङ लागेर निधन भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया