दाङका ज्ञवाली आईजीपीमा नियुक्त

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजी ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे पाँच महिना प्रहरी महानिरीक्षक हुनेछन् ।

प्यूठान जिल्लामा जन्मिएका ज्ञवाली पछिल्लो समय दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको सिसहनियामा बसोबास गर्छन् ।

Published : Tuesday, 2020 February 11, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया