कांग्रेसका युवा नेता तिमिल्सिनाद्वारा बर्दियामा विद्यार्थीलाई झोला वितरण
बर्दिया । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिनाले सरकारी विद्यालयको गुणस्तर धेरै सुधार भएको भन्दै सबैले सरकारी विद्यालयमा आफ्ना बालबालिकाहरूलाई पढाउनुपर्ने बताएका छन् ।
गृहजिल्ला बर्दियाको श्री जनजागृती आधारभूत विद्यालय, मधुवन नगरपालिका वडा नम्बर १ मा आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले शिक्षामा कसैलाई पनि भेदभाव हुन नहुने बताए ।
‘शिक्षा सबैका लागि बराबरी हुनुपर्छ’, उनले भने, ‘धनी र गरिवका बालबच्चाको शिक्षामा भेदभाव भयो भने त्यसले मुलुक निर्माणमा ठूलो असर पर्नेछ ।’
नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले सरकारी विद्यालयहरूको शिक्षालाई अझै धेरै सुधार आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसले लिएको शिक्षा नीतिका कारण सरकारी र निजी विद्यालयको शिक्षामा अन्तर कम हुँदै गएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले विद्यालयका विद्याथीलाई निःशुल्क रुपमा झोलाहरू वितरण गरेका थिए ।
सफा सुनौलो नेपाल, काठमाडौंको सहयोगमा विद्यालयका विद्यार्थीर्लाइ झोला वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षा चौधरी, पर्शुराम थारु, अम्बिका तिमिल्सिना, कृष्णप्रसाद ढकाल, देवीराम शर्मा, मीनबहादुर थापा, मेखबहादुर गुरुङ, पशुराम थारुलगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया