रामहरि खतिवडाद्वारा ठूला भ्रष्ट कम्युनिस्ट नेताहरूको भण्डाफोर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले माधवकुमार नेपाल, विष्णु पौडेल, लीलामणि पौडेललाई उन्मुक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रही भएको बताएका छन् ।
यूट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा युवा नेता थापाले ललिता निवासको जग्गा व्यक्तिलाई दिने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिने कार्य राजनीतिक पूर्वाग्रह रहेको बताए ।
‘ललिता निवासको सरकारी जग्गा व्यक्तिलाई दिने निर्णय गर्ने प्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्धा नलाग्ने । छुट दिने । निर्णयमा सहि गर्ने तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई उन्मुक्ति दिने । लालपुर्जा बोक्ने विष्णु पौडेललाई छुट दिने’, उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रही नभएर दोषीभरि सबैलाई कारबाही हुनुपर्छ ।’
‘माधव नेपाल प्रधानमन्त्री हुँदा निर्णय हुने । व्यक्तिका नाममा जग्गा लैजाने । उहाँलाई केही नछुने । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीन पौडेलले जग्गा किन्ने उहाँलाई केही नहुने’, उनले भने, ‘नेकपाले नियुक्ति गरेका चीनका लागि नेपाली राजदूत तत्कालीन मुख्य सचिव लीलामणि पौडेलका नाममा आउने उहाँलाई केही नहुने ।’
‘कम्युनिस्ट पार्टी जोडिएका जति एउटा मूल प्रवाहमा रहेको बाहेकको कम्युनिस्ट पार्टीका चन्द्रदेव जोशीलाई मुद्धा लाग्ने’, खतिवडाले भने, ‘मूल प्रवाहमा भएको कम्युनिस्ट पार्टीको मान्छेदेखि बाहेकको अरुलाई मुद्धा लाग्ने अरुलाई नलाग्ने देख्दा हामीलाई आश्चर्य र आशंक लागेको हो ।’
‘हामी कानूनी राज्यको पक्षमा छौँ । अदालतलाई प्रेसर गर्न पनि चाहँदैनौँ । हामी संवैधानिक आयोगलाई पनि प्रेसर गर्न चाहँदैनौँ’, उनले भनेका छन्, ‘अख्तियारप्रति अहिले हामीलाई आशंका भएको छ । अख्तियारको प्रमुख नवीन घिमिरे नै केपी ओली गृहमन्त्री भएको बेला गृह सचिव थिए । नवीन घिमिरेको ओलीकै जिल्ला झापाका हुन् । ओलीकै आग्रहमा प्रमुख आयुक्तिमा नवीन घिमिरेलाई नियुक्ति गरिएको रहेछ ।’
उनले उपसभापति विजयकुमार गच्छदारलाई बचाउनका लागि नेपाली कांग्रेसले पहल नगरेको बताए । ‘विजयकुमार गच्छदारलाई बचाउन होइन । बालुवाटार जग्गा प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्नुपर्छ भनेको हो’, उनले भने, ‘मुख्य व्यक्तिहरूलाई कारबाही नगरेर विजयकुमार गच्छदारलाई मात्रै फसाउने कुरा उचित छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया