नेविसंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै, कम्युनिस्टहरूभित्र उथलपुथल ल्याउने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माघ २४ गते शुक्रबार काठमाडौंमा भव्य प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्धा चलाएर त्यही मन्त्रिपरिषदका प्रधानमन्त्री माधवकुमार नेपाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई बचाएको विरोधमा नेविसंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

नेविसंघले बालुवाटार जग्गा प्रकरणमा माधवकुमार नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएर विजय गच्छदारलाई फसाएको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्न लागेको छ ।

शुक्रबार दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा नेविसंघले कम्युनिस्ट सरकारको लाचार छायाँ बनेको अख्तियारविरुद्ध प्रदर्शन गर्नेछ ।

शुक्रबारको प्रदर्शनमा सहभागी हुन नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आह्वान गरेका छन् । उनले अख्तियारको राजनीतिक पूर्वाग्रहीपूर्ण निर्णयका विरुद्ध सशक्त रुपमा सडकमा उत्रिन आग्रह गरेका छन् ।

Published : Thursday, 2020 February 6, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया