विष्णुलाई छाडेर विजयलाई फसाएपछि बोले रामचन्द्र, गच्छदारलाई सहानुभूति बढ्याे
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर विजयकुमार गच्छदारविरुद्ध मुद्धा चलाइएकोमा आक्रोश व्यक्त गरेका छन् ।
बुधबार राति रिपब्लिका दैनिकलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले राजनीतिक पूर्वाग्रही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएको आरोप लगाए ।
‘लालपुर्जा लिने व्यक्तिलाई बलियो छ भनेर छाड्ने । क्याबिनेटको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई पनि उन्मुक्ति दिने’, उनले प्रश्न गर्दै भन्ने, ‘राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने ? यस्तो पनि हुन्छ ? कहिन नभएको जात्रा ।’
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा अनौठो र प्रश्न उब्जाउने खालको भएको नेता पौडेलले बताएका छन् ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा कांग्रेस उपसभापति विजय गच्छदारलाई तत्कालीन मन्त्रीको हैसियतले मुद्दा दर्ता गरिएको तर कम्युनिष्ट पार्टीका भएका कारण तत्कालीन प्रधानमन्त्रीमाथि मुद्दा नचलाइएकोमा नेता पौडेले विरोध जनाएका छन् ।
‘अख्तियारले आज दायर गरेको मुद्दा हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ’, पौडेलले भनेका छन्, ‘लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पूरा हुने त होइन ?’
माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइएको तर गच्छदार लगायतलाई चलाइएकाले अख्तियारले पार्टी र व्यक्ति छानेर मुद्दा दायर गरेको त होइन भन्ने प्रश्न उब्जिएको पौडेलले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया