कांग्रेस भएकै कारण गच्छदारलाई मुद्धाः योगेन्द्र चौधरी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसको निर्देशनमा विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएको हो भनेर गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार राति रिपब्लिका दैनिकसँग कुरा गर्दै युवा नेता चौधरीले गच्छदारलाई राजनीतिक पूर्वाग्रही भएर बालुवाटार जग्गा प्रकरणमा मुद्धा चलाएको आरोप लगाए । विजयकुमार गच्छदारलाई मुद्धा चलाउने अख्यिारको निर्णयलाई उनले नेपाली कांग्रेसमाथिको हमलाको संज्ञा दिएका छन् ।
‘नेपाली कांग्रेसलाई तर्साउन खोजेको हो, माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई जोगाएर विजयकुमार गच्छदारमाथि मुद्धा चलाउनु बदनियत नै हो ।’
उनले प्रश्न गर्दै भनेका छन्, ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा राख्ने विष्णु पौडेललाई उन्मुक्ति दिने ? त्यही क्याविनेटको नेतृत्व गर्ने माधवकुमार नेपाललाई छाड्ने ? बाबुराम भट्टराईलाई पनि छाडिदिने ? विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने ? यस्तो पनि हुन्छ ?’ विजयकुमार गच्छदारलाई मुद्धा नै चलाउने हो भने माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई पनि मुद्धा चलाउनुपर्छ होइन भने गच्छदारलाई मुद्धा चलाउन नपाइने नेपाली कांग्रेसका युवा नेता चौधरीले बताए ।
विजयकुमार गच्छदारर्लाइ बदनियतपूर्ण तरिकाबाट गलत राजनीतिक मनसाय राखेर मुद्धा चलाइएको भन्दै उनले ललिला निवास जग्गा प्रकरणमा निर्णय गर्ने नेकपाका नेता एवम् तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कारबाही हुनुपर्ने बताए ।
विष्णु पौडेल र उनका छोरा नवीन पौडेलको नाममा आठ आना जग्गाको लालपुर्जा हुँदा पनि मुद्धा नलगाई बचाउन खोज्नुले कम्युनिस्ट सरकारको गलत मनसाय छ भन्ने कुरा छर्लङ्ग भएको उनले बताए । विजयकुमार गच्छदारप्रति सरकारको गलत मनसाय छ भन्ने कुरा जनताले राम्रोसँग बुझिसकेको उनले बताए ।
‘जग्गा फिर्ता गर्छु’ भनेपछि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विष्णु पौडेललाई जोगाउने अख्तियार र सरकारले विजयकुमार गच्छदारमाथि कति राजनीतिक पूर्वाग्रह राखेको रहेछ भन्ने कुरा प्रमाणित भएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद चौधरीले उल्लेख गरे ।
‘यो सरासर गलत छ । कम्युनिस्ट सरकार विपक्ष दलका नेताहरूमाथि पूर्वाग्रही भएर जाइलागेको छ’, उनले भने, ‘विजयकुमार गच्छदार एउटा व्यक्ति फसेको छैन । सिंगो लोकतन्त्रमाथि प्रहार भएको छ । नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको छ । बाख्रा हराएको भन्दा पनि काल पल्किएको छ । यसको विरोध गर्नुपर्छ ।’
एउटै विषयमा कसैलाई सत्ता निकट रहेकोमा छुटकारा दिने र अर्कोलाई विपक्षी हो भन्दैमा फसाउने कुरा संविधान र लोकतन्त्रमा मेल नखाने युवा नेता चौधरीले बताएका छन् । उनले नियम र कानून सबैलाई बराबरी लाग्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया