विष्णुलाई बचाएपछि गच्छदारको समर्थनमा उत्रिए विश्वप्रकाश–रामहरि, कम्युनिस्टको सातो उड्यो
काठमाडौं । नेपाली कांग्रेसका दुई जना युवा नेताहरूले बालुवाटारको सरकारी जग्गा प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रही भएर मुद्धा दर्ता गराएको भन्दै आक्रोश पोखेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्मा र अर्का युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बुधबार राति ट्वीट गरेर गच्छदारलाई मात्रै मुद्धा चलाइएकोमा आक्रोश पोखेका हुन् ।
उनीहरूले गच्छदारलाई मुद्धा चलाइएको प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बालुवाटारको आठ आना जग्गा छोराको नाममा राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई उन्मुक्ति दिएकोमा आक्रोश पोखरेका हुन् ।
प्रवक्ता शर्माले ट्वीटमा लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? विजय गच्छदारलाई !’
नेपाली कांग्रेसका अर्का युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पनि माधवकुमार नेपाल र विष्णु पौडेललाई माफी दिए कांग्रेसका विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रही भएर मुद्धा चलाएको भन्दै आपत्ति जनाएका छन् ।
विजयकुमार गच्छदार दोषी छन् भने माधवकुमार नेपाल र विष्णु पौडेल पनि उत्तिकै दोषी रहेको खतिवडाको तर्क छ ।
‘निर्णय गर्ने प्रधानमन्त्री माधवकुमार नेपाललाई माफी , जग्गाको लालपुर्जा लिने मन्त्रीलाई सम्मान, मुद्दा विजय गच्छदारलाई’, खतिवडाले भने, ‘यो देश कानूनी राज्यको देश, सबैले सरकारको जय भनौं ।’
आठ आना बालुवाटारको जग्गा आफ्नो छोराको नाममा बनाउने नेकपाका विष्णु पौडेल र उनको छोराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा नचलाएकोमा सामाजिक सञ्जालमा ठूलो आलोचना भएको छ ।
अख्तियारले कम्युनिस्ट शासनको छायाँमा परेर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रही भएर बालुवाटार जग्गा प्रकरणमा मुद्धा चलाएको आक्रोश पोखिएको छ ।
माधवकुमार नेपाल र विष्णु पौडेललाई अख्तियारले मुद्धा नचलाउने हो भने विजयकुमार गच्छदारलाई पनि मुद्धा चलाउने कुनै अधिकार नराख्ने तर्क सामाजिक सञ्चालमा आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया