खरिपाटीमा कोरोना भाइरसका संक्रमित नराख्न भक्तपुर कांग्रेसको चेतावनी
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले नोबल कोरोना भाइरस प्रभावित चीनबाट ल्याइने व्यक्तिहरूलाई भक्तपुरको खरिपाटीमा नराख्न चेतावनी दिएकोे छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्रीको सभापतित्वमा मंगलबार बसेको बैठकले कोरोना भाइरसका संक्रमितहरूलाई भक्तपुरको खरिपाटी तालिम केन्द्रमा नराख्न सरकारसँग आग्रह गरेको हो ।
सभापति खत्रीले कोरोना भाइरसका संक्रमितहरूलाई भक्तपुरमा ल्याएर राखिए आन्दोलन गर्न आफूहरू बाध्य हुने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसले भक्तपुर जिल्लाको पर्यटकीय क्षेत्र नगरकोट सडक निर्माण कार्य करीब ८ वर्ष भैसकेको आवस्था पनि बाटोको काम कछुवा गतिले अगाडि बढेको भन्दै छिटो काम सम्पन्न गर्न माग गरेको छ ।
ठेक्का सम्झौता पटक पटक गरी म्याद थप गरेर चैत ७ गतेसम्म मात्रै म्याद भएको भन्दै कांग्रेसले तोकिएको समयमा काम सम्पन्न गर्ने सम्बन्धित निकायलाई ध्यानकर्षण गराएको छ ।
कामको गति तीब्र रुपमा अगाडि नबढाए फागुनदेखि सशक्त रूपमा आन्दोलन गर्ने निर्णय नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ ले गरेको छ ।
बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भँडेल, प्रदेश सांसद रजनी जोन्छे, कांग्रेसका क्षेत्रीय सचिव जनक खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायतको बैठकमा सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया