कांग्रेस महामन्त्री खड्काद्वारा सुर्खेतका कार्यकर्ताहरूसँग परामर्श
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्लाका पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र छलफलहरू गरेका छन् ।
सुर्खेत जिल्ला क्षेत्र नं. १ मेहलकुना, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले माघ १९ गते आयोजना गरेको कार्यक्रममा महामन्त्री खड्काले नेता तथा कार्यकर्ताहरूको सुझाव र गुनासाहरू सुनेका थिए ।
कार्यक्रममा क्षेत्रीयस्तरको अगुवा नेता, पार्टी सदस्यहरू, स्थानीय सरकारमा पार्टीबाट निर्वाचित र उम्मेदवारहरूको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको विवाद र समाधानका प्रयासहरूका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा महामन्त्री खड्काले नेता तथा कार्यकर्ताहरूको भावनाअनुसार नै पार्टी नेतृत्व अगाडि बढ्ने बताएका थिए । उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नका लागि नेतृत्व तयार रहेको बताए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया