कांग्रेस निकट वडाध्यक्ष धामीको निधन, शाेकमा अछाम
मंगलसेन । अछाम जिल्लामा एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।
पञ्चदेवल नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् । धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पञ्चदेवल नगरपालिकाकी उपाध्यक्ष अम्बिका चलाउनेले वडाध्यक्ष धामीको मृत्युबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिइन् । मृत्यु हुनुको कारणका बारेमा आफूहरूलाई पनि थाहा नभएको उनले बताइन् ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले वडाध्यक्ष धामीको हत्या भएको दाबी गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया