राजीव आउनेवित्तिकै सक्रिय बन्यो नेविसंघ, सदस्यता वितरण गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जिल्ला तहका क्याम्पसहरूमा सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा नेविसंघको सोमबार बसेको पहिलो अनौपचारिक बैठकले १२औं महाधिवेशन केन्द्रित गतिविधि सुचारु गर्ने निर्णय गरेको हो ।

त्यसका लागि तत्काल जिल्ला तहका क्याम्पसहरूमा सदस्यता वितरण गर्ने निर्णय नेविसंघले गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा चुनाव तयारी गतिविधि थाल्न परिचालन हुने नेविसंघले जनाएको छ ।

आइतबार नियुक्त भएका पदाधिकारीहरूले सोमबार कार्यभार सम्हालेका छन् । आइतबर अध्यक्ष राजीव ढुंगाना र दुई महामन्त्री मनोज वैद्य र महेश्वरी कुवँरले कार्यभार सम्हालेका थिए ।

पदाधिकारीहरूले कार्यभार सम्हालेपछि सोमबार पहिलो अनौपचारिक बैठक बसेको हो ।

नवनियुक्त पदाधिकारीहरूबीच नेविसंघको समितिलाई पूर्णता दिन नेतृत्वसँग आग्रह गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसले शुक्रबार राजीव ढुंगानाको सभापतित्वमा नयाँ तदर्थ कार्यसमिति गठन गरेको थियो ।

तदर्थ समितिले छ महिनाभित्र नेविसंघको केन्द्रीय अधिवेशन गर्ने म्यान्डेट पाएको छ ।

Published : Monday, 2020 February 3, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया