विद्या भण्डारीको निम्तो कांग्रेसका तीन नेताद्वारा बहिस्कार, केही नेतासँग गोप्य भेट

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर छलफल गरेको रहस्य बाहिर आएको छ ।

भण्डारीले पछिल्ला दिनमा अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै आलोचना भइरहेका बेला उनले नेपाली कांग्रेसका नेताहरूसँग गुपचुप छलफल गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बुधबार नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताहरूलाई शीतल निवासमा बोलाएर डेढघण्टा छलफल गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरू प्रदीप गिरी, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइरालालाई बोलाएकी थिइन् ।

भण्डारीको निम्तो स्वीकार गरेर शीतल निवासमा डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइराला गएका थिए । कृष्णप्रसाद सिटौला, डा.रामशरण महत र प्रदीप गिरीले भण्डारीको निम्तो बहिस्कार गरिदिएका छन् ।

डेढ घण्टा लामो भेटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनमा चासो देखाएको बताइएको छ ।

कांग्रेस नेताहरूसंग भण्डारीले संविधानको प्रस्ताबनामै समाजवादप्रति प्रतिबद्ध उल्लेख गरिएकोले त्यसबारे कांग्रेसको धारणा जान्ने रहर लागेर तपाईहरूलाई बोलाएको हुँ भनेर भनेकी थिइन् ।

संविधान कार्यान्वयनलाई चासो देखाएको जस्तो गरे पनि राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रलाई कसरी अघि बढाउने भनेर पछिल्लो समय कार्यकारी प्रमुखले जस्तो गरी भेटघाट र छलफल अघि बढाएकी छिन् । जुन राष्ट्रपतिको नभई सरकार प्रमुखको चासोको विषय हो ।

Published : Sunday, 2020 February 2, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया