यी हुन् नेविसंघका नयाँ पदाधिकारीहरू
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिका लागि नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नाम पठाउने तयारी गरेका छन् ।
सभापति शेरबहादुर देउवाले तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानालाई बिहीबार मनोनीत गरेका छन् । ढुंगानाले आइतबार नेविसंघको जिम्मेवारी पनि सम्हालेका छन् ।
अध्यक्ष ढुंगानासँगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरले पनि जिम्मेवारी सम्हालिसकेका छन् ।
पौडेल समूहले आफ्नो भागमा परेका ३ महामन्त्रीलाई तीन भाग लगाएका छन् । पौडेललाई १, प्रकाशमान सिंहलाई १ र महामन्त्री डा.कोइरालालाई १ भागबण्डा लगाएको स्रोतले जनाएको छ ।
पौडेलले आफ्नो भागबाट दीपक भट्टराई, मोती भण्डारी र प्रकाश रानामध्य एकजनालाई सिफारिस गर्ने तयारी गरेका छन् ।
महामन्त्री डा.कोइरालाले उर्मिला थपलिया, सागर परियार र निलकण्ठ रिजालमध्य एकजनालाई महामन्त्री सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
नेता सिंहले हिमालदत्त श्रेष्ठ र युपी लामिछानेमध्य एकलाई महामन्त्री बनाउने तयारी गरेकाका छन् ।
सिटौलाले बलदेव तिमिल्सिना, युवराज पाण्डे र मुक्तिराज पौडेलमध्य दुई जनालाई पठाउने तयारी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया