संविधानभन्दा माथि एमसीसी छैन, सहयाेग लिनुपर्छः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडले अमेरिकन मिलेनियम च्यालेञ्ज (एमसीसी)का विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै पार्टीका नेताहरूलाई बुझाउन नसकेको बताएका छन् ।
यूट्युब च्यानलसँगको अन्तर्वार्तामा नेता खतिवडाले एमसीसीका विषयमा धेरै भ्रम रहेको बताए । राष्ट्रिय हित, सार्वभौम सत्ता, अखण्डतामाथि आँच आउने कार्य हुन्छ भने एमसीसी रोक्नुपर्ने सुझाव दिएका उनले भने, ‘अन्यथा यसलाई रोक्नुपर्ने आवश्यक्ता छैन् ।’
‘अमेरिकी जनताले आफ्नो करबाट प्रजातान्त्रिक विकासशील मुलुकहरूलाई सहयोग गर्न लागेको हो । अनुदानका रुपमा ५५ अर्ब रुपियाँ अमेरिकाले सहयोग गरेको हो’, उनले भनेका छन्, ‘राष्ट्रवादी सरकार छ । राष्ट्रियता, सार्वभामसत्तालाई असर गर्छ भने यसलाई रोकौँ ।’
‘यसलाई अध्ययन गर्दा केपी ओली र भीम रावलले पनि चस्मा लगाएर हेरेका होलान् । केपी ओलीले भीम रावलले पनि देख्ने गरी संसदमा राखिदिनुपर्यो’, खतिवडाले भने, ‘विरोध गर्ने नै हो भने यो एमसीसी भन्ने नेपालका लागि फाइदा छैन भनेर संसदमा अति जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्यो । होइन भनेर एमसीसीको विरोध आवश्यक छैन ।’
‘आफ्नै प्रधानमन्त्री ल्याउन लागिरहेका छन्’, उनले भने, ‘आफ्नै पार्टीकाले बिरोध गरेका छन् । विरोध गर्नेहरूले एमसीसीलाई गलत अर्थ लगाएका छन् ।’
अर्थ मन्त्रालयले टोली गठन गरेर एमसीसी ल्याउने सहमति भएको बताएका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘त्यो टोलीमा सबै राष्ट्रघाती थिएनन् होला नि ? एमसीसी हाम्रै कांग्रेसको पालामा आएको हो । ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र शान्तराज सुवेदी अर्थ सचिव हुनुहुन्थ्यो । त्यस बेला सहमति भएको हो ।’
उनले नेपालको कानूनभन्दा एमसीसी ठूलो नरहेको बताए । ‘एमसीसीको लेखापरीक्षण नेपालमा हुन्छ । महालेखा परीक्षकले माग्यो भने जहिले पनि दिनुपर्छ’, उनले भने, ‘नेपालको संविधानभन्दा माथि कोही पनि छैन ।’
नेपाली कांग्रेसलाई कम्युनिस्टहरूले घिसारेर गणतन्त्रमा ल्याएको भन्ने आरोपहरूको खण्डन गर्दै खतिवडाले भने, ‘कांग्रेसको विधानबाट राजसंस्था झिक्न बाध्य पार्ने अरु कोही होइन राजा नै हो ।’
‘माओवादीको हैसियत तपाइले देख्नुभएन ? २४० सिटमा चुनाव हुँदा १२१ सिट ल्याएको माओवादीका प्रचण्ड पशुपतिनाथको एउटा पुजारी आर्मीको चिफ रुक्माङ्गत कटुवाललाई निकाल्न नसकेर राजीनामा दिएर भागेको देख्नुभएन ?’, उनले प्रश्न गर्दै भने, ‘एउटा आर्मीको चिफलाई हउटान नसक्नेले राजा हटाएँ भन्दा कसैले पत्याउँछ ? तपाइले पत्याउनु भयो ?’
कांग्रेस गणतन्त्रमा आफै आएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘गणतन्त्रमा कांग्रेसलाई कसैले ल्याएको होइन । भ्रममा नपर्नु होला । आफै आएको हो ।’
पार्टीभित्रको विवादलाई मिलाउनुपर्ने बताएका खतिवडाले भने, ‘शेरबहादुर, रामचन्द्रलाई गाली गरेर पार्टी बलियो हुँदैन । मिलेर नै कांग्रेस बनाउनुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया