नेविसंघको नाममा कमाउधन्दामा लागेकाहरूको खेतीपाती मनोजले बन्द गरिदिए

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवनियुक्त महामन्त्री मनोज बैद्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न नसकेर त्रिभुवन विश्वविद्यालयले आफ्नो कमजोरी लुकाउन नेविसंघको कार्यसमितिलाई दोष दिएको आरोप लगाएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा महामन्त्री बैद्यले स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयको रेक्टर नियुक्त नगर्ने नेविसंघको कार्यसमितिलाई देखाएर त्रिवि भाग्न खोजेको बताए ।

‘सबैभन्दा पहिला त्रिभुवन विश्व विद्यालयले आफ्नो कमजोरी लुकाएर नेसिवसंघको केन्द्रीय कार्यसमितिलाई दोषारोपण गरेर स्ववियु निर्वाचन नगराउने खालका भ्रम सिर्जना गर्नुहुँदैन’, उनले भने, ‘निर्वाचन जसले गर्ने हो त्यसको आयुक्त नियुक्ति भएको अवस्था छैन । रेक्टर नै नियुक्त भएको छैन ।’

‘त्यसको दोषारोपण चाहिँ नेविसंघको केन्द्रीय कार्यसमिति नआएको भनेर हामीलाई लगाउने खोज्यो भने उचित हुँदैन’, महामन्त्री बैद्यले भनेका छन्, ‘कांग्रेसलाई त्रिविले पत्राचार गरेको भए प्रतिनिधित्व दिने थियो । नेविसंघलाई बाहिर राखेर स्ववियु निर्वाचनको तालिका प्रकाशित गर्न खोजिएको छ । नेविसंघलाई बाहिर राखेर स्ववियु निर्वाचन त्रिविले गर्न खोजेको हो भनेर हामी अहिले बुझ्दैनौ । बाहिर राखियो भने निर्वाचन कसरी हुन्छ हामी पनि हेरौँला ।’

राजीव ढुंगाना नेतृत्वको नेविसंघको नयाँ कार्यसमितिले कुनैपनि स्कूल र कलेजबाट चन्द नउठाउने महामन्त्री बैद्यले बताए । ‘नेविसंघले चन्दा माग्दैनौँ । कुनै कलेज र स्कूलबाट पैसा मागिने छैन’, उनले भने, ‘विद्यार्थीबाट उठाएको सदस्यताले संगठन चलाउने हो । पैसा पुगेन भने मातृ पार्टीसँग माग्ने हो ।’

उनले नेविसंघलाई चन्दा उठाएको भनेर लाग्ने गरेको आरोपलाई आफूहरूले कठाइका साथ कार्यान्वयन गरेर रोक्ने बताए ।

‘आर्थिक रुपमा कसैसँग झुक्दैनौं । आर्थिक रुपमा पार्टी र संगठनको बद्नाम गर्नेलाई कारबाही हुन्छ’, बैद्यले भने, ‘राजनीतिलाई पेसा बनाउन पाइँदैन ।’

महामन्त्री बैद्यले घरपरिवारका लागि आफूले अलग पेसा व्यवसाय गरेको बताए ।

Published : Sunday, 2020 February 2, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया