पुर्ख्याैली घर दुम्जा पुगे कोइराला परिवारका सदस्यहरू
धुम्जा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला आफ्नो पुर्ख्याैली थलो दुम्जा पुगेका छन् ।
सिन्धुली जिल्लाको दुम्जास्थित धरणीधरडाँडामा अवस्थित पिताजी कृष्णप्रसाद कोइरालाको जन्मघरमा कांग्रेस महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला शुक्रबार पुगेका हुन् ।
सो ठाउँमा शुक्रबार आमसभाको कार्यक्रम पनि राखिएको थियो ।
०७२ को भूकम्पपछि भत्किएको पुर्ख्याैली घरलाई संग्राहलयको रुपमा विकास गर्न सबै प्रकारले सहयोग गर्ने कोइराला परिवारले प्रतिवद्धता जनाएको छ ।
वीपी प्रतिष्ठान रामेछापले सिन्धुलीको दुम्जामा आयोजना गरेको आमसभालाई महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, प्रदीप पौडेल, श्याम घिमिरे, नेबिसंघका संस्थापक अध्यक्ष बिपिन कोइराला, रामेछाप कांग्रेसका जिल्ला सभापती लवश्री न्यौपाने र सिन्धुली कांग्रेसका सभापति उज्जवल बरालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा मोहन बराल, भुपेन्द्र थापा, ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य लगायत सयौँ कार्यकर्ताहरूको उपस्थिति थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया