शिवमायाले पाइन सरप्राइज उपहार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शिवमाया तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
काठमाडौंमा मंगलबार बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले तुम्बाहाङफेलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।
तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिए वापत नेकपाको केन्द्रीय सदस्य उपहार दिइएको हो ।
स्रोतका अनुसार तुम्बाहाङफेलाई छिटै नै मन्त्रीको शपथ गराउने तयारी भएको छ ।
नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजे शुरू हुँदैछ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
तुम्बाहाङफेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।
असोजमा सभामुख रिक्त भएपछि त्यसको पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् ।
पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङफेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया