टिपरले लियो दुईको ज्यान, वीरेन्द्रनगरमा कर्फ्यू
वीरेन्द्रनगर । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका ४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
घटनाबाट विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेकी छन् ।
मंगलबार बिहान वीरेन्द्रनगर ४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका ३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भएको छ ।
मृतकको शव उठाउन खोज्दा तीनरचार हजार मानिस जम्मा भएर सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेको प्रहरीले बताएको छ ।
गाडीको सिसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ ।
प्रहरीले पनि २१ राउण्ड अश्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धीरबहादुर बुढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।
केशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् ।
उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।
पन्तका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया