नेकपाका थुप्रै नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा रामेछापका थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टीमा भित्र्याएका हुन् ।
सभापति देउवाले योग्य र क्षमताका आधारमा पार्टी प्रवेश गरेका सबैलाई जिम्मेवारी दिइने आश्वासन दिए । उनले भने, ‘रामेछाप जिल्लाबाट नेकपा परित्याग गरी धेरै युवा साथीहरू नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरूलाई बधाई छ पार्टीमा हार्दिक स्वागत गर्दछु ।’
नेकपा परित्याग गरेका उनीहरूले कम्युनिस्टहरू झुठको खेतीमा लागेर जनतालाई दुःख दिने कार्यमा लागेकाले नेपाली कांग्रेसमा प्रवेश गरेका बताए ।
उनीहरूले लोकतन्त्र रह्यो भने मात्रै देश र जनताको भविष्य उज्वल हुनेभन्दै कम्युनिस्टहरूको मीठा कुरामा नफस्न सबैलाई अपील गरेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया