कांग्रेसको तर्क सुनेर चकित परे कम्युनिस्टहरू
काठमाडौं । प्रमुख विपक्षी दल नेपाल कांग्रेसका सांसद एवम् नेता डा.मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमण्डलु लिएर कम्युनिस्टहरूसँग माग्न नजाने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा.रिजालले कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग उपसभामुख पदमा बार्गे्निङ गरेर उम्मेदवारी नदिने प्रष्टाएका हुन् ।
उनले आफ्नो पार्टीसँग उपसभामुख जित्नका लागि आवस्यक मत नभएकाले नेकपासँग कमण्डलु बोकेर उपसभामुख दिनु भनेर माग्दै पनि नजाने बताएका छन् ।
सभामुख चयनमा कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर उम्मेदवारी दिएन भन्ने कुरा गलत भएको रिजालले बताएका छन् ।
‘संविधानमा सभामुख र उपसभामुख अलग(अलग पार्टीको हुनुपर्छ’, डा.रिजालले भने, ‘कमण्डलु लिएर उपसभामुख माग्न जाँदैन र कांग्रेससँग मत छैन र जाँदैन पनि ।’
नेपाली कांग्रेसलाई नेकपाका नेताहरूले विभिन्न आक्षेपहरू लगाइरहेका बेला नेपाली कांग्रेसका नेता डा.रिजालले नेकपासँग आफूहरूले भिख नमाग्ने जनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया