मान्छेको ज्यान लिएका ‘आरोपी’ सापकोटा खुसीले गदगद
काठमाडौं । मान्छेको ज्यान लिएको अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद अग्नि सापकोटा आइतबारदेखि औपचारिक रुपमा प्रतिनिधि सभाको सांसद बन्दै छन् ।
कुनै अबरोध भएन भने सापकोटा सभामुख बन्ने निश्चित जस्तै छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सापकोटालाई सभामुख बन्न ‘राजमार्ग’ छाडिदिएर सहज बनाइदिएपछि सभामुखको निर्वाचन प्रक्रिया झन् सहज भएको हो ।
सभामुख बन्ने भएपछि सापकोटाको खुसीको सीमा छैन । नेकपाभित्रका अच्छाअच्छा विरोधीहरूलाई तह लगाएर सापकोटाले सभामुख पद हत्याएका छन् ।
प्रचण्डका विश्वासपात्र मानिने सापकोटा माओवादी पृष्ठभूमि भएका नेताहरूमा सबैभन्दा धेरै अवसर लिने नेतामा पर्छन् । कृष्णबहादुर महरा यौनदुर्व्यवहारको अभियोगमा डिल्लीबजार कारागार चलान भएपछि सापकोटाका दिन फर्किएको चर्चा नेकपाभित्र हुन थालेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट सापकोटालाई सभामुख बनाउन लागिएकोमा चर्को आलोचना भएको छ । आलोचनाहरूको बेवास्ता गर्दै सत्तारुढ नेकपाले सापकोटालाई जसरी पनि सभामुख बनाउन लागेको छ ।
राजनीतिक दवावका कारण सापकोटालाई काभ्रेका अर्जुन लामाको ज्यान लिएको प्रकरणमा मुद्धा चलाउन मानिएको थिएन । मुद्धा चलाउन नमानेपछि सापकोटा सर्वोच्च अदालतमा मुद्धा परेको छ । मुद्धा चलिरहेका सापकोटाले सभामुख पद पड्काउनेछन् ।
सभामुख बने पनि सापकोटा खुसी हुने छैनन् । उनलाई सधै पद खुस्किन्छ कि भन्ने डर रहिरनेछ । उनलाई मानवअधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायले सधैँ निगरानीमा राख्नेछन् । कारबाहीको माग गरेर सधैँ आवाज उठिरहनेछ । उनका भावी दिनहरू त्यति सहज छैनन् ।
सभामुखको निर्वाचन हुँदै गर्दा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाकै दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का वीच आइतबार बिहान बालुवाटारमा सम्वाद पनि भएको छ । सम्वादका विषयमा केही भनिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया