बहुमत हुँदा पनि निरिह बने कम्युनिस्टहरू, कांग्रेसको आवश्यक्ता पर्यो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्षवीच मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान तीन शीर्ष नेताहरूका वीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको हो ।
मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए ।
मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको नेम्बाङले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए ।
छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्रीले बैठक राखे पनि कुनै ठोस सहमतिमा नपुगेको उल्लेख गरेका छन् ।
सत्ता–प्रतिपक्ष रिक्त विश्वविद्यालयहरूमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति विषयमा छलफल भएपनि कुनै निर्णयमा पुग्न सकेन ।
देउवासँग छलफल सकेपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग १५ मिनेट बेग्लै कुराकानी गरेका थिए ।
आइतबार प्रतिनिधिसभा बैठक बोलाइएको छ । बैठक बस्नुअघि सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच छलफल भएको छ ।
सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । सापकोटालाई सभामुखमा रोक्न सर्वोच्चमा रिट परेको छ ।
सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सर्वोच्चमै मुद्दा छ । हत्याका आरोपीलाई सभामुख बनाउन लागेकोमा विरोध भइरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया