‘हेकुला र सपेटा’ पाएपछि कांग्रेसको विवाद मिल्यो
काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६०–४० को भागबण्डामा कुरा मिलाएपछि आलोचना र समर्थनका स्वरहरू आउन थालेका छन् ।
भागबण्डाको संस्कारको आलोचना गर्नेहरूले सभापति देउवा र नेता पौडेल समूहवीच भएको भागबण्डाको आलोचना गरेका छन् । पौडेल समूहले उठाएका माग शुरुमा ठीक लागेपनि ६०–४० मा लगेर अन्त्य गरेकामा नेपाली कांग्रेसका कार्यकर्ताहरूले चित्त दुखाएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले भनेका छन्, ‘हेकुला र सपेटा भागमा परेपछि बिधि र विधानका कुरा कसरी स्खलित हुने रहेछ त देख्यौँ नी ?’
‘दुनियाँले हामीलाई हेरिरहेको छ भन्ने कुराको बाल भएन, पुरुषलाई महिला या तेश्रो लिंगी समेत प्रमाणित गर्न सकछौँ भन्ने भएपछि एकताका लागि हार्दिक बधाई तथा शुभकामना छ’, शाहले भनेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले पनि भागबण्डाको आलोचना गरेका छन् । उनले नेविसंघको विधान रक्षाका लागि संघर्ष गर्न आह्वान गरेका छन् ।
बुढानिलकण्ठमा शुक्रबार भएको सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूवीच भएको वार्तामा ६०–४० को भागबण्डा र अन्य विषयमा सहमति भएको थियो ।
नेविसंघको तदर्थ समिति १२७ सदस्यीय हुनेछ । सभापति देउवाले पक्षले सभापति सहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री एउटा कोषाध्यक्ष र ४० जना सदस्य पाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ महामन्त्री, २ उपाध्यक्ष २ सहमहामन्त्री र ३५ सदस्य पाएको छ ।
सिटौला पक्षले २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य पाएको छ । नेविसंघका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइने नेताहरूबीच सहमति भएको छ ।
नेविसंघको नयाँ नेतृत्वमा सुनसरी जिल्ला निवासी अर्ध युवा नेता राजीव ढुंगानालाई ल्याउने देउवाको तयारी छ । पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया