कांग्रेसबाट निर्वाचित वडाध्यक्षको सडक दुर्घटनामा निधन

राजविराज । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको दुर्घटनामा परी निधन भएको छ ।

सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्युको एक सातापछि सप्तरीले फेरि अर्का जनप्रतिनिधि गुमाएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा चौधरी आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए ।

घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज पठाइएको थियो ।

मंगलबार बिहान थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सामुदायिक वन उपभोक्ता महासंघ, सप्तरीका पूर्वअध्यक्षसमेत थिए ।

सप्तरीमा एक साताभित्रै दुई जना वडाध्यक्षको मृत्यु भएको छ । यसअघि गत सोमबार राति जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको थियो ।

Published : Tuesday, 2020 January 21, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया